अप्पन न्युज
जनकपुरधाम, असोज ३० :
जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा दसैँको विशिष्ट धार्मिक परम्परा ‘बेलनौती’ विधि सम्पन्न गरिएको छ । जनकपुरधामस्थित राजदेवी माताको पूजाअन्तर्गत बाजागाजासहित विधिपूर्वक बेलनौती सम्पन्न गरिएको हो ।
मिथिला क्षेत्रमा दसैँका अवसरमा माटोबाट निर्माण गरिएका देवी दुर्गाका प्रतिमाको आँखा सप्तमी तिथिका दिन खोल्ने परम्परा छ । यसका लागि षष्ठी तिथिका दिन देवीको प्रतिमा राखिएको स्थानबाट बाजागाजासहित बस्ती नजिकैको बेलको रुखसम्म पुगेर बेलको फलमा रातो वा पहेँलो रुमाल बाँध्दै वैदिक मन्त्रोच्चारणसहित निमन्त्रणा गर्ने गरिन्छ । यस धार्मिक विधिलाई ‘बेलनौती’ भनिन्छ ।
मैथिल परम्परामा ‘नौती’ को अर्थ निमन्त्रणा गर्नु हो । सप्तमीका दिन देवी दुर्गाको प्रतिमाको आँखा खोल्न प्रयोग गरिने बेलको फललाई विधिपूर्वक निमन्त्रणा गर्ने धार्मिक मान्यताअनुसार बेलनौती परम्परा चल्दै आएको छ ।
मिथिलाञ्चलको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको यस परम्पराले दसैँको आगमनसँगै दुर्गा पूजाको तयारी र धार्मिक गतिविधिलाई थप विशेष बनाउने गरेको छ ।
जनकपुरधाममा धार्मिक विधिपूर्वक सम्पन्न भयो ‘बेलनौती’



तपाईको प्रतिक्रिया !