जनकपुरधामको पर्यटन प्रवर्द्धनमा सघाउने लक्ष्यसहित नयाँ नवरंग होटल सञ्चालनमा

Appan News
२०८३ कार्तिक ११, मंगलवार २०:२८

अप्पन न्युज
जनकपुरधाम, कात्तिक १० : जनकपुरधाममा पर्यटकलाई सहज र सुलभ आवासीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ नवरंग आवासीय होटल एवं रेस्टुरेन्ट सञ्चालनमा आएको छ । जनकपुरधाम उपमहानगरपालिका–२ स्थित शिवचोकमा नवनिर्मित होटलको शुभारम्भ गरिएको हो ।
होटलमा ३५ वटा एसीसहितका कोठा र एक सय जनासम्म अटाउने क्षमताको सेमिनार हलको सुविधा उपलब्ध रहेको सञ्चालक प्रकाश भगतले जानकारी दिए । होटलमा आउने पाहुनालाई सहज आवासका साथै विभिन्न कार्यक्रम, बैठक तथा गोष्ठी आयोजना गर्न सकिने सुविधा प्रदान गरिने उनले बताए ।
जनकपुरधामको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको भगतले बताए । धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित जनकपुरधाममा आउने पर्यटकलाई लक्षित गरी अन्य होटलको तुलनामा ५० प्रतिशत छुटमा कोठा उपलब्ध गराइने उनले जानकारी दिए ।
जनकपुरधाममा धार्मिक पर्यटकसँगै विभिन्न कामले आउने आगन्तुकको संख्या बढ्दै गएको अवस्थामा सुलभ दरमा आवासीय सेवा उपलब्ध गराउँदा पर्यटन क्षेत्रलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
होटलको शुभारम्भका अवसरमा सोमबार पूजा तथा गृहप्रवेश कार्यक्रम गरिएको थियो भने मंगलबार सत्यनारायण भगवानको पूजा, हनुमान आराधनाको आयोजना गरिएको थियो ।