अप्पन न्युज
जनकपुरधाम, कात्तिक १६ :
दिपावलीको अवसर पारेर जनकपुरधाम आलु प्याज व्यवसायी संघले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
संघले जनकपुरधामस्थित ऐतिहासिक तिरहुतिया गाछीमा विभिन्न प्रजातिका २५ वटा बिरुवा रोपेर वृक्षारोपण गरेको हो ।
दिपावली पर्वलाई सामाजिक तथा वातावरणीय उत्तरदायित्वसँग जोड्दै वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ । पर्वलाई उत्सव र रमाइलोमा मात्र सीमित नराखी समाज र वातावरणका लागि सकारात्मक योगदान पुर्याउने प्रयासस्वरूप वृक्षारोपण गरिएको संघको भनाइ छ ।
संघका अध्यक्ष सुरज साहले तिरहुतिया गाछीको हरियाली संरक्षण गर्नुका साथै वातावरण स्वच्छ राख्न सहयोग पुर्याउने उद्देश्यले बिरुवा रोपिएको बताए । यस्ता कार्यक्रमले सार्वजनिक स्थलको सौन्दर्य अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षणप्रति नागरिकलाई सचेत बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
वृक्षारोपण कार्यक्रममा संघका अन्य पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।
आलु प्याज व्यवसायी संघद्वारा तिरहुतिया गाछीमा वृक्षारोपण



तपाईको प्रतिक्रिया !