अप्पन न्युज
जनकपुरधाम, असोज ९ :
अविरल वर्षाका कारण हुन सक्ने बाढी, डुबान र नदी कटानको जोखिमलाई ध्यानमा राख्दै महोत्तरी जिल्ला प्रशासन कार्यालयले पूर्वतयारी तीव्र बनाएको छ।
शुक्रबारदेखि आइतबारसम्म भारी वर्षाको पूर्वानुमानपछि स्थानीय तह, सुरक्षा निकाय तथा गैरसरकारी संघसंस्थासँग समन्वय गरी तयारी अघि बढाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो।
रातु, बिघी, बडहरी, जंघा र मडहा लगायतका नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनारका बस्तीमा माइकिङमार्फत सचेतना फैलाइएको छ। सम्भावित विस्थापनलाई ध्यानमा राख्दै उद्धार तथा पुनर्स्थापनाको तयारीसमेत गरिएको प्रशासनले जनाएको छ।
उद्धारका लागि लाइफ ज्याकेट, रबर बोट, डोरी, स्ट्रेचर, टर्चलाइटलगायत सामग्री तयारी अवस्थामा राखिएको छ भने सडक अवरुद्ध भए तत्काल खुलाउन जेसीबी, एक्साभेटर र लोडरलाई चौबीसै घण्टा परिचालन गर्न सकिने गरी स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको छ।
महोत्तरीमा बाढी–डुबानको जोखिम, प्रशासनले थाल्यो पूर्वतयारी



तपाईको प्रतिक्रिया !