जनकपुरधाम ।
समाजसेवी तथा छाला रोग एवं सौन्दर्य विशेषज्ञ डा. प्रसन्न झाको अगुवाइमा विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूले चाडपर्वको शुभकामना साटासाट गर्नुका साथै आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनका विषयमा छलफल गरेका छन्।
जनकपुरधाममा आयोजित कार्यक्रममा समाजसेवी, शिक्षाविद्, साहित्यकार तथा विभिन्न क्षेत्रका अगुवाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले चाडपर्वले सामाजिक सद्भाव, आपसी एकता र सहकार्यलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
कार्यक्रममा समसामयिक राजनीतिक अवस्था र आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनका विषयमा खुला छलफलसमेत भएको थियो। सहभागीहरूले निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा आ–आफ्ना धारणा राख्दै राजनीतिक परिस्थितिबारे विचार आदानप्रदान गरेका थिए।
कार्यक्रममा इन्जिनियर भगवान झा, आँखा अस्पतालका प्रमुख रघुबीर राय, समाजसेवी रामनारायण झा, पूर्वप्रधानाध्यापक नारायण झा, सुरेश साह, घनश्याम मण्डल, संयुक्त ट्रेड युनियनका केन्द्रीय महासचिव इन्द्रदेव मिश्र, समाजसेवी सरोज मण्डल, पूर्वकृषि प्रमुख काशीकान्त झा, पूर्वप्राध्यापक शम्भुनाथ झा, कवि काशीकान्त झा तथा शिक्षाविद् लव झा लगायतको उपस्थिति रहेको थियो।



तपाईको प्रतिक्रिया !