अप्पन न्युज
जनकपुरधाम, कात्तिक ४ :
धनुषाको जनकनन्दिनी गाउँपालिका–४ खजुरीस्थित गरीबदास मन्दिरमा आयोजित नौदिने अखण्ड अष्टजाम तथा २४ घण्टे नवाह कार्यक्रम सम्पन्न भएको छ।
दिलीप राउत तथा जनकनन्दिनी गाउँपालिका–४ खजुरीका स्थानीयवासीको सहयोगमा धार्मिक कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमको अवसरमा दिलीप राउतले साधुसन्त समाजलाई सम्मानसमेत गरेका छन्। नौदिने धार्मिक कार्यक्रम सम्पन्न भएपछि साधुसन्त सम्मान कार्यक्रम आयोजना गरिएको राउतले जानकारी दिएका छन्।
धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीयवासीको सहयोगमा कार्यक्रम आयोजना गरिएको राउतले जानकारी दिएका छन्।
जनकनन्दिनी–४ खजुरीमा नौदिने अखण्ड अष्टजाम तथा २४ घण्टे नवाह सम्पन्न



तपाईको प्रतिक्रिया !