महोत्तरीको रतौलीमा झण्डा मेला सुरु, झण्डामा ६ वटा ध्वजा ठड्याइयो

Appan News
२०८३ कार्तिक १०, सोमबार २१:५०

सितल कुमार पूर्वे
जनकपुरधाम, कात्तिक ९ :
महोत्तरीको पिपरा गाउँपालिका–६ स्थित रतौलीमा कोजाग्रत पूर्णिमाको अवसरमा परम्परागत हनुमानजीको झण्डा मेला सुरु भएको छ। मेलाको अवसरमा महावीर हनुमानजीका ६ वटा ध्वजा झण्डामा ठड्याइएको हो ।
रतौलीमा प्रत्येक वर्ष आश्विन पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन हनुमानजीको पूजा, आराधना तथा मेला आयोजना गरिँदै आएको छ। स्थानीयवासीले सामूहिक रूपमा श्रद्धा र भक्तिपूर्वक यो पर्व मनाउँदै आएका छन्। यस अवसरमा रातभर जाग्राम बसेर हनुमानजीको आराधना गर्ने गर्छन ।
मेला समितिका अनुसार २०८३ साल कात्तिक ९ गते सोमबारदेखि सुरु भएको मेला कात्तिक १२ गतेसम्म सञ्चालन हुनेछ।