अप्पन न्युज
जनकपुरधाम, असोज १० :
नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशसभा सदस्य रामसरोज यादवले कांग्रेस सभापति गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति व्यंग्य गर्दै ‘विनाशकाले विपरीत बुद्धि’ भएको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेस जनकपुरधाम उपमहानगर अधिवेशनमा बोल्दै यादवले केही नेताहरूले बौखलाहटमा जे पायो त्यही बोलिरहेको बताए। उनले गगन थापाले भने कुनै पक्षलाई ठेस नपुग्ने गरी संयमित रूपमा अभिव्यक्ति दिने गरेको उल्लेख गरे।
यादवले डिजिटल युगमा विगतका अभिव्यक्ति र गतिविधि लुकाउन नसकिने भन्दै नेताहरूले आफ्नो नैतिकता र इमान्दारितालाई कायम राख्नुपर्ने बताए। टिकट वितरणका क्रममा गगन थापालाई ‘भविष्यको प्रधानमन्त्री’ भन्दै समर्थन गर्नेहरूले अहिले फरक धारणा राख्नु उचित नभएको उनको भनाइ थियो।
कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले राजनीतिमा नैतिकता र इमान्दारिता आवश्यक रहेको उल्लेख गर्दै यादवले युवालाई अवसर दिन नेताहरूले पुरानो ‘ब्याज’ खाने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिए।
गगन थापालाई गैंग्सटर भन्नेहरुलाई रामसरोजले भने ‘विनाशकाले विपरित बुद्धि’



तपाईको प्रतिक्रिया !