अप्पन न्युज
जनकपुरधाम, असोज १२ :
प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि कार्यालयमा हाजिर नभएको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका नगरप्रमुख सञ्जीवकुमार साहले नगरपालिका कार्यालयसहित ९ वटै वडा कार्यालयमा तालाबन्दी गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न दिएको तीनदिने अल्टिमेटम सकिएपछि सोमबार नगरप्रमुख साहले कार्यालयहरूमा तालाबन्दी गरेका हुन्। तालाबन्दीपछि सबै कार्यालयका चाबी उनले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ १ गते खिमराज भुसाललाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाए पनि उनी हालसम्म कार्यालयमा हाजिर नभएको साहको भनाइ छ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक तथा वित्तीय काम, कर्मचारीको तलबभत्ता, विकास योजना र दैनिक सेवा प्रवाह प्रभावित भएको भन्दै साहले तत्काल अधिकृतलाई हाजिर गराउन माग गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएपछि भंगहामा तालाबन्दी



तपाईको प्रतिक्रिया !