अप्पन न्युज
जनकपुरधाम, असोज १३ :
त्रिभुवन विश्वविद्यालयअन्तर्गत जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) का क्याम्पस प्रमुख प्रा.डा. वसन्तकुमार कर्णले क्याम्पस प्रशासन र आफ्नो कार्यशैलीबारे सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रति आपत्ति जनाएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै कर्णले निवर्तमान स्ववियुका केही पदाधिकारी तथा युवाहरूले आफू र क्याम्पस प्रशासनविरुद्ध भ्रामक तथा निराधार सामग्री प्रसार गरिरहेको दाबी गरे । क्याम्पस सुधारका लागि आफूले अघि बढाएका कामलाई प्रभावित पार्ने उद्देश्यले तथ्य नबुझी प्रचार गरिएको उनको भनाइ थियो ।
आयकर कट्टी, भ्याट विवरण, विभिन्न फर्म तथा बिलसँग सम्बन्धित विषयमा सामाजिक सञ्जालमा गरिएका प्रचारबारे स्पष्टीकरण दिँदै कर्णले कागजातको गलत व्याख्या गरिएको दाबी गरे । पटेल होटलबाट अतिथिका लागि खाना तथा नास्ता लिएको बिललाई अण्डा खरिदको बिलका रूपमा प्रचार गरिएको तथा आरती ट्राभल्ससँगको सम्झौताअनुसार सवारीसाधन प्रयोगबापतको भुक्तानीलाई अन्य सामान खरिदसँग जोडेर प्रचार गरिएको उनले बताए ।
कर्णले सामाजिक सञ्जालमा सार्वजनिक भएका विषयमा तथ्य र कागजातको वास्तविकता अध्ययन गरेर मात्र धारणा बनाउन आग्रह गर्दै क्याम्पस प्रशासन पारदर्शी रूपमा अघि बढ्ने बताए ।
सामाजिक सञ्जालमा भएको प्रचारप्रति राराब क्याम्पस प्रमुख कर्णको आपत्ति



तपाईको प्रतिक्रिया !