अप्पन न्युज
जनकपुरधाम, असोज १६ :
मधेश प्रदेशमा अनलाइन उद्योग दर्ता प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। उद्योग दर्ता प्रक्रियालाई सहज, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले उद्योग विभाग पर्साले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो।
शुक्रबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलले अनलाइन उद्योग दर्ता प्रक्रियाको शुभारम्भ गरे। उनले अनलाइन प्रणालीले इ–गभर्नेन्स र पारदर्शी सेवा प्रवाहलाई सहयोग पुग्नुका साथै उद्यमीको समय, श्रम र खर्च बचत हुने बताए।
अनलाइन प्रणालीमार्फत उद्योग दर्ताका लागि आवश्यक विवरण तथा कागजात पेस गर्न सकिने भएकाले कार्यालयमा पटक–पटक धाउनुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा उद्योग विभागका महानिर्देशक रिया साह, मन्त्रालयका उपसचिव रोहित पर्सैला र घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख सन्तोष साहलगायतको उपस्थिति थियो।
मधेशमा उद्योग दर्ता अब अनलाइनबाट



तपाईको प्रतिक्रिया !