अप्पन न्युज
जनकपुरधाम, असोज २३ :
नेपाली कांग्रेस इत्तर पक्षको धनुषा क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिमा रामचन्द्र पजियार पुनः निर्विरोध निर्वाचित भएका छन् ।
क्षेत्रीय अधिवेशनबाट पजियारलाई पुनः सभापतिमा चयन गरिएको हो । अधिवेशनमा पार्टीको आन्तरिक एकता सुदृढ बनाउने, संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने तथा जनताका समस्या र आवश्यकताप्रति संवेदनशील भएर अघि बढ्ने विषयमा छलफल भएको थियो ।
पजियारको पुनः चयनसँगै क्षेत्र नं. ३ मा पार्टी संगठनलाई थप सुदृढ बनाउने, नेता तथा कार्यकर्ताबीच समन्वय बढाउने र आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।
अधिवेशनले नेतृत्व चयनसँगै पार्टीभित्रको एकता कायम राख्दै संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने विषयमा जोड दिएको छ ।
रामचन्द्र पजियार पुनः निर्विरोध क्षेत्रीय सभापतिमा निर्वाचित



तपाईको प्रतिक्रिया !