लागुऔषध कारोबार र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न माग

Appan News
२०८३ असोज २३, शुक्रबार २२:२३

अप्पन न्युज
जनकपुरधाम, असोज २३ :
अभियानले शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषामार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै लागुऔषध ओसारपसार र बिक्रीवितरण नियन्त्रण गर्न तथा सामाजिक सञ्जालमार्फत हुने चरित्रहत्या, भ्रामक प्रचार र धार्मिक एवं जातीय सद्भाव बिथोल्ने गतिविधिमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेको हो ।
धनुषामा लागुऔषध दुव्र्यसन, चोरी तथा सामाजिक सञ्जालको दुरुपयोग बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै अभियानले यस्ता गतिविधि नियन्त्रणका लागि कानुनको प्रभावकारी कार्यान्वयन र सुरक्षा निकायको सक्रियता आवश्यक रहेको जनाएको छ ।
त्यस्तै, सीमापारिबाट भित्रिने प्रतिबन्धित लागुऔषधको कारोबार नियन्त्रण गर्न तथा जनकपुरधाम उपमहानगरपालिका–५ मा अमिन सफीमाथि भएको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अभियानले माग गरेको छ ।
अभियानका अध्यक्ष जितेन्द्र कुमार महासेठद्वारा हस्ताक्षरित ज्ञापनपत्रको बोधार्थ मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषालाई समेत दिइएको छ ।